आउँदो असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुन गइरहेको एभरेस्ट महिला भलिबलमा ललितपुर क्विन्सले आफ्नो सहभागिता जनाउने स्पष्ट पारेको छ।
ललितपुर क्विन्स रुप्से स्पोट्सको स्वामित्वमा रहेको छ, र रुप्से स्पोर्ट्स रुप्से होलिडेजको सहायक कम्पनी हो।
नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले बलियो प्रस्तुति दिने लक्ष्यसहित उपस्थित जनाउन तयारी थालिसकेको जनाएको छ। सोही क्रममा क्लबले लोगो समेत अनावरण गरेको छ।
क्लबले नेपालकै उत्कृष्ट लिबेरो सलिना श्रेष्ठको कप्तानीमा केही विदेशी खेलाडीसहित टोली निर्माण गर्दैछ। यस्तै, प्रशिक्षक उत्सव खड्काको नेतृत्वमा टोली मैदानमा उत्रने छ।
9
Shares
प्रतिक्रिया