श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ।
वर्षाका कारण खेलमा टस समेत नभइकन रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपाली टोलीको पहिलो अभ्यास खेल पनि वर्षाका कारण रद्द भएको थियो।
तेस्रो अभ्यास खेल शुक्रबार खेल्ने तालिका छ।
क्यानडामा हुने विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोलीले श्रीलंका भ्रमण गरेको हो।
39
Shares
प्रतिक्रिया