ad ad

खेल


चन्द्रपुरको पोस्टमा एपीएफको आधा दर्जन गोल

चन्द्रपुरको पोस्टमा एपीएफको आधा दर्जन गोल

नेपालखबर
भदौ २४, २०८१ सोमबार १८:२३, काठमाडौँ

चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै एपीएफ फुटबल क्लबले एन्फा महिला लिगमा फराकिलो जित दर्ता गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले चन्द्रपुरमाथि ६–० को फराकिलो जित निकालेको हो। जारी लिगमा फराकिलो अन्तरमा गोल भएको यो पहिलो खेल हो।

पहिलो हाफमा ३ गोल गरेको एपीएफले दोस्रो हाफमा पनि त्यति नै गोल थप्यो।

पहिलो हाफको १८ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो।

कप्तान रेनुका नगरकोटेले तिन मिनेटमा दुई गोल गर्दै पहिलो हाफमा नै अग्रता फराकिलो पारिन्।

खेलको ३२ औँ मिनेटमा रेनुकाको गोलमा एपीएफले अग्रता दोब्बर पार्‍यो। त्यसको तिन मिनेट पछि नै अर्थात ३५ औँ मिनेटमा रेनुकाले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीलाई ३–० को अवस्थामा ल्याइन्।

खेलको ५२ औँ मिनेटमा रश्मी कुमारी घिसिङको टोलीका लागि चौथो गोल थपिन्।

८८ औँ मिनेटमा प्रीति राईको गोलमा एपीएफ ५–० को अवस्थामा आयो।

डिफेन्डर गिता रानाको पेनाल्टीमा गोल गर्दै एपीएफको गोल अग्रता ६–० मा पुर्याइन्।

खेलको प्लेयर अफ दि म्याच सविता रानामगर बनिन्।  

आजै भएको पहिलो खेलमा वालिङ नगरपालिकाले संकटा एफसीलाई १–० गोल अन्तरले पराजित गर्‍यो। वालिङको जितमा सिसी नानटोङगोले निर्णायक गोल गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .