ad ad

खेल


सुदूरपश्चिमको पोस्टमा आर्मीको १४ गोल, दीपा एक्लैको ५

सुदूरपश्चिमको पोस्टमा आर्मीको १४ गोल, दीपा एक्लैको ५

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:१५, काठमाडौँ

फरवार्ड दीपा शाही चम्किएपछि त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदुरपश्चिमविरुद्ध गोलको वर्षा गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को फराकिलो अन्तरले पराजित गरेको हो। 

आर्मीका लागि फरवार्ड दीपा शाहीले ह्याट्रिकसहित एक्लैले पाँच गोल गरिन्। अनिता लम्जेलले दुई गोल थपिन्। 

विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, विमला विक, सावित्री देवी मगरले समान एक गोल गरे। सुदुरपश्चिमकी शान्ती विकले आत्मघाति गोल गरिन्।  

सुदूरपश्चिमले एक गोल पनि उपहार स्वरुप पायो। आर्मीकी निलम सिंहले आत्मघाती गोल गरेपछि सुदुपश्चिमको खातामा एक गोल हुन पुग्यो। 

जारी लिगमा पहिलो पटक फराकिलो अन्तरको जित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .