आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको छ।
क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
घरेलु टोलीविरुद्ध नेपाली टोली उत्कृष्ट खेल खेल्ने योजनामा मैदान उत्रदैछ।
त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडासँगै ओमान रहेको छ। नेपाली टोली क्यानडालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहान्छ।
घरेलु मैदानमा क्यानडा पनि नेपाललाई पराजित गर्दै सुखद सुरुवातको योजनामा हुनेछ। यद्यपी नेपाली टोली यो पटक सुरुवातबाट नै लिगमा जितका साथ सुरुवातको योजनामा छ।
नेपालको सुरुवाती ११ मा अनुभवि खेलाडीहरु समेटिएका छन्। ओपनर कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, कप्तान रोहीत पौडेल, दीपेन्द्र सिंह ऐरी, भिम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा छन्।
Shares
प्रतिक्रिया