ad ad

खेल


एसियाली सिनियर करातेमा रजत जितेकी एरिकालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

एसियाली सिनियर करातेमा रजत जितेकी एरिकालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

सरोज नेपाल
असोज ८, २०८१ मंगलबार १२:२१, काठमाडौँ

चीनको हाङझाओमा भएको २० औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन्। उनलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। 

एरिकाले यसअघि गत वर्ष चीनको हाङझाओमा भएको १९ औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक रजत पदक जितेकी थिइन्।

उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीलाई विमानस्थलमा स्वागत गरिएको हो। स्वागतका लागि राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत विमानस्थल पुगेका थिए।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।

शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन्।

एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–०ले तथा क्वार्टरफाइनलमा  काजकिस्तानकी सोफया बेरूत्सलेभालाई हराएकी थिइन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .