इङ्ल्याण्डको लन टेनिस एसोसिएसनले विम्बल्डन टेनिसबारे छलफल गर्न अर्को हप्ता बैठक बोलाएको छ। कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेको बेला एसोसिएसनले अर्को हप्ता बैठक बोलाएको हो।
बैठकले विम्बल्डनसहित अन्य प्रतियोगिता स्थगित गर्ने वा रद्द गर्ने भन्ने विषयमा समेत टुंगो लगाउनेछ।
विश्व टेनिसको ठूलो प्रतियोगितामध्येको एक विम्बल्डन आगामी जुन २९ देखि १२ जुलाईसम्म आयोजना हुने तालिका रहेको छ। तर, कोरोनाको कारण विश्वभरका ठूला प्रतियोगिता स्थगित हुँदा विम्बल्डन समेत स्थगित हुने सम्भावना छ।
विम्ल्डन पार्क गल्फ क्लब र रेनेस पार्क अहिलेको लागि बन्द गरिएको छ।
यसअघि मेमा हुने भनिएको फ्रेन्च ओपन पनि सेप्टेम्बर २० देखि ४ अक्टोबरसमका लागि सरिसकेको छ।
यसै वर्ष हुने युरो कप र ओलम्पिक खेलकुद समेत एक वर्ष सरिसकेको छ।
प्रतिक्रिया