विश्व महिला फुटबलमा नेपालको वरियता दुई स्थान सुधार भएको छ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थानमाथि उक्लदै १०१ औं स्थानमा पुगेको हो।
अघिल्लो महिना नेपाल १०३ औं स्थानमा रहेको थियो। एसिया वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ।
यस्तै दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल अघि रहेको भारत ५७औं स्थानमा रहेको छ।
दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा रहेको छ।
प्रतिक्रिया