ad ad

खेल


लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जितेपछि पारस खड्काले भने– ३० वर्षको प्रतीक्षा समाप्त भयो

लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जितेपछि पारस खड्काले भने– ३० वर्षको प्रतीक्षा समाप्त भयो

नेपालखबर
असार १२, २०७७ शुक्रबार ८:१६,

लिभरपुलले ३० वर्षपछि १९औं इंग्लिस प्रिमियर लिग उपाधि आफ्नो पोल्टामा पारेको छ। यसअघि सन् १९९–९० मा पहिलोपटक च्याम्पियन बनेको थियो।

लिभरपुलले प्रिमियर लिगको उपाधि उचाल्न ३० वर्ष प्रतीक्षा गर्नुपरेको हो। बिहीबार लिभरपुलको कुनै खेल थिएन। तर चेल्सीले म्यानचेष्टर सिटीलाइ २–१ ले पराजित गरेपछि लिगको उपाधि लिभरपुलको पोल्टामा परेको हो।

लिभरपुलले यो सिजन खेलेको ३१ खेलमा २ मा जित १ मा हार व्यहोर्दा २ खेलमा बराबरी गरेको थियो। लिगमा लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ।

लिभरपुलको जितको श्रेय प्रशिक्षक योगर्न क्लोपलाई दिइएको छ। उनको प्रशिक्षणमा नै यो वर्ष लिभरपुलले उत्कष्ट प्रदर्शन गर्दै आएको थियो। लिभरपुल च्याम्पियन बनेपछि प्रशिक्षक क्लोपले अविश्वसनीय उपलब्धि भनेका छन्।

उनले भने, ‘मसँग कुनै शब्द छैन, यो साँच्चै अविश्वसनीय छ। क्लबका लागि यो ठूलो उपलब्धि हो। क्लबसँग सम्बन्धित सबैका लागि यो उपलब्धिको अर्थ छ।’

जर्मन प्रशिक्षक क्लोपले सन् २०१५ मा लिभरपुलको प्रशिक्षकको जिम्मेवारी लिएका थिए। जुन समय उनको प्रशिक्षणमा नै बोरुसिया डर्टमन्डले बुन्डेस लिगाको उपाधि जितेको थियो।

यता लिभरपुल भने १०औं नम्बरमा थियो। फुटबलमा क्लोपलाई आक्रामक रणनीति बनाउने प्रशिक्षकको रुपमा चिनिन्छ। क्लोपले जिम्मेवारी लिएयताको ४ सिजनमा टोलीलाई ३ पटक चौथो स्थानमा पुर्याएका थिए भने गत सिजन दोस्रो स्थानसम्म ल्याएका थिए। जुन समय म्यानचेष्टर सिटीसँग पराजित भएपछि लिभरपुल दोस्रो स्थानमा रहेको थियो।

उनले जुन रणनीतिमा खेलाडीहरुलाई टोलीमा समावेश गर्ने नतिजा सोहीअनुसार नै आएको छ। क्लोपले मोहम्मद सलाह, सोडियो माने र रोबर्टो फिरमिनो जस्ता फरवर्डलाइ टोलीमा समावेश गराए। लिभरपुलले ३ सिजनमा २ सय ११ गोल गरिसकेको छ भने यो सिजन मात्र ७० गोल गरिसकेको छ।

लिभरपुलले प्रिमियर लिगको उपाधि जितेपछि समर्थकहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्। तीमध्ये एक हुन्– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का। उनी क्रिकेटर भए पनि फुटबल पनि उत्तिकै मन पराउने खेलाडी हुन्। 

लिभरपुलले उपाधि जितेपछि उनले सामाजिक सञ्जालमार्फत ३० वर्षको प्रतीक्षा समाप्त भएको भन्दै खुसी बाँडेका थिए। दशरथ रगंशालामा लिभरपुलको जर्सीमा खिचेको फोटो सेयर गर्दै यो यात्रा अविश्वसनीय रहेको भन्दै यो खुसी आगामी दिनहरुमा पनि जारी रहने उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .