ad ad

खेल


सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि १ लाख ५० हजार विनियोजन

सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि १ लाख ५० हजार विनियोजन

नेपालखबर
असार १७, २०७७ बुधबार ९:१,

धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्पोर्टस अवार्डका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो।

धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाचौँ नगरसभा मार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्पोर्ट्स अवार्डका लागि बजेटको व्यवस्था मिलाईएको जानकारी दिएकी थिइन्। उपमहानगरपालिकाले उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न बजेट विनियोजन गरेको हो। खेलकुद पत्रकार मञ्च कैलालीले गत वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ।

उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरपश्चिममा यो सम्भवतः पहिलो हो। धनगढी उपमहानगरपालिकाले समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए।

यसैबीच प्रदेश सरकारले गत मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने तयारी पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .