ad ad

खेल


राखेपको सदस्यसचिव र बोर्ड सदस्यको अभिभावक मै हो : उपाध्यक्ष कोइराला (भिडियाे)

राखेपको सदस्यसचिव र बोर्ड सदस्यको अभिभावक मै हो : उपाध्यक्ष कोइराला (भिडियाे)

लक्ष्मी जि.सी
साउन २२, २०७७ बिहिबार ९:२८,

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को लागू भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष र सदस्यसचिव केही दिनअघि नियुक्त भएका छन्। २७ जना निवेदक र त्यसपछि सिफारिसमा परेका ३ जनामा को सदस्यसचिव हुने भन्ने चर्चा व्यापक रुपमा चलिरहँदा उपाध्यक्षमा भने बाहिर कुनै प्रतिस्पर्धा देखिएन।

सदस्यसचिवको छनोटका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भए पनि उपाध्यक्षका लागि भने युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले सिधै नाम मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गराएका थिए। जसमा पूर्वमाओवादीका रुपमा परिचय बनाएका शिव कोइराला ‘ज्वाला’ नियुक्त भए। 

हुन त पछिल्लो समय उनी खेलकुदमा केही परिचित बन्ने क्रममा थिए नै। लामो इतिहास बोकेको नेपाल तेक्वान्दो संघको समानान्तर संघका रुपमा २०६८ सालमा राखेपमा दर्ता भएको तत्कालीन तेक्वान्दो युनियन र हालको राष्ट्रिय तेक्वान्दो संघका कोइराला अध्यक्ष हुन्।

गत वर्ष आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा उनलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको थियो। उनै कोइरालासँग उपाध्यक्षको जिम्मेवारी, उनको भूमिका र नेपाली खेलकुदको अबको गन्तव्यबारे नेपालखबरले गरेको भिडियो कुराकानी :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .