ad ad

खेल


इंग्लिस प्रिमियर लिगमा हारबाट जोगियो चेल्सी

इंग्लिस प्रिमियर लिगमा हारबाट जोगियो चेल्सी

नेपालखबर
असोज ११, २०७७ आइतबार ६:६,

इंग्लिस प्रिमियर लिग फुटबलको वेष्ट ब्रोमविच आल्बियनविरुद्धको खेलमा चेल्सी हारबाट जोगिएको छ।

शनिबार राति भएको खेलको पहिलो हाफमा ३–० ले पछि परेको स्थिती उल्टाउँदै चेल्सीले अंक बाँडेको हो।

बराबरी गरेको चेल्सी ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। पहिलो अंक जोडेको वेस्ट ब्रोम १५ औं स्थानमा छ।

पहिलो हाफमा खराब प्रर्दशन गरेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। चेल्सीको खेलमा २८ मिनेटमा नै ३–० ले पछि परेको थियो। आल्बीयनका लागि खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले गोलको खाता खोले। २५ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारेको खेलमा २७ औं मिनेटमा काइल बार्टलीले गोल गर्दै ३–० को अग्रता बनाएको थियो।

खेलमा सुरुवातमा बनाएको अग्रता जोगाउन नसक्दा आल्बीयन अंक बाड्न बाध्य भयो। खेलको ५५ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए। ७० औं मिनेटमा क्यालम हड्सन ओडोइले गोल गरे। हार नजिक रहेको चेल्सीका लागि दोस्रो हाफको अतिरिक्त समयमा ट्यामी अब्राहमले गोल गर्दै खेललाइ बराबरीमा ल्याए।

गएराति नै भएको खेलमा क्रिष्टल प्यालेसलाइ २–१ ले पराजित गर्दै एभर्टन अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा एभर्टनले खेलको दशौं मिनेटमा नै अग्रता बनाएको थियो। घरेलु टोली क्रिष्टल प्यालेसका लागि २६ औं मिनेटमा चिखु कोउआटेले गोल गर्दै खेललाइ बराबरीमा ल्याए। खेलको ४० औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितीमा पुर्याएका थिए।

गएराति नै भएको खेलमा म्यानचेष्टर युनाइटेडले ब्राइटन एण्ड होभ एल्बियनलाई ३–२ ले तथा साउथहेप्टनले वर्नलीलाई १–० ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .