ad ad

खेल


इटालियन सिरी एमा इन्टर मिलानको जित

इटालियन सिरी एमा इन्टर मिलानको जित

नेपालखबर
असोज ११, २०७७ आइतबार ६:१०,

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फियोरेन्टिनालाई ४–३ ले पराजित गरेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टर मिलानले रोमाञ्चक जितसँगै विजयी सुरुवात गरेको हो। फियोरेन्टिनाले भने पहिलो हार भोगेको हो। इन्टरमिलान अंकतालिकाको आठौ स्थानमा उक्लदा फियोरेन्टिना १० औं स्थानमा पुगेको छ।

इन्टरका लागि लउटारो मार्टिनेज, रोमेलु लुकाकु र ड्यानियल डि एम्ब्रुसियोले गोल गर्दा एक गोल उपहार पायो। फियोरेन्टिनाका लागि क्रिस्टियन कोआमे, गेटानो क्यास्ट्रोभिल्ली र फेडरिको चिइसाले गोल गरे।

खेलको तेस्रो मिनेटमा नै क्रिस्टियनको गोलमा फियोरेन्टिनाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको अतिरिक्त समयमा इन्टरका लउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५२औं मिनेटमा फेडरिको सेसहेरिनीले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा २–१ को अग्रता बनाएको थियो। त्यसको ५ मिनेटपछि गेटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ६३औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि फयोरेन्टिनाले खेलमा ३–२ को अग्रता लियो।

८७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएपनि ८९औं मिनेटमा ड्यानियल डि एम्ब्रुसियोले गोल गर्दै इन्टरलाई ४–३ को जित दिलाए।

गएराति नै भएको खेलमा एटलान्टाले टोरिनोलाइ ४–२ले पराजित गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। बेनेभेन्टोले साम्पडोरियालाइ ३–२ ले तथा लाजियोले क्याग्लिइरीलाइ २–० ले पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .