ad ad

खेल


बैंग्लोरलाई हराउँदै मुम्बई आइपीएलको प्लेअफमा

बैंग्लोरलाई हराउँदै मुम्बई आइपीएलको प्लेअफमा

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार २:१९,

रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ स्थान सुनिश्चित गरेको छ।

बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

मुम्बईका लागि सुर्यकुमार यादवले ७९ रनको पारी खेले। ४३ बलमा उनले १० चौका र ३ छक्का प्रहार गरे।

यस्तै इसान किसनले २५, क्वीन्टन डी ककले १८, हार्दिक पाण्ड्याले १७ रन जोडे। बैंग्लोरका मोहम्मद सिरज र यूजभेन्द्र चहालले समान २–२ विकेट लिए।

त्यसअघि देवदत्त पाडिक्कलले ४५ बलमा १२ चौका र एक छक्काको मद्दतमा ७४ रन बनाएपछि बैंग्लोरले ६ ओभरमा १६४ रन बनाएको थियो।

यस्तै बैंग्लोरका जोस फिलिप्पेले ३३, एबी डिभिलियर्सले ३३ रन जोडे। विराट कोहली भने ९ रनमै पवेलियन फर्किए।

मुम्बईका जसप्रित बुम्राहले ४ ओभरमा १ ओभर मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए।

यो जितसँगै मुम्बईले प्लेअफमा लगभग स्थान सुनिश्चित गरेको छ। अब अन्य टोलीले केही चमत्कार गरेमात्रै उसलाई प्लेअफबाट रोक्न सक्छ।

अब यदि मुम्बई आफ्ना दुई खेलमा ठूलो अन्तर(लगभग २००)ले हार्यो र कोलकत्ता नाइट राइडर्स पनि ठूलो अन्तर(लगभग १८५ रन)ले जित्यो भने मुम्बईलाई रनरेटले पराजित गर्नसक्छ।

मुम्बईको १२ खेलमा यो आठौं जित हो। यस जितसँगै टोली १६ अंकसहित शीर्ष स्थानमा छ। त्यति नै खेलमा एक जित कम हात पारेको बैंग्लोर १४ अंकसहित दोस्रो स्थानमा छ। नेट रनरेटका आधारमा दिल्ली तेस्रो र १२ अंकसहित किंग्स एलेभेन पन्जाब चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .