ad ad

खेल


यूईएफए : रोनाल्डोबिनै प्रतिस्पर्धामा उत्रिएको युभेन्टस बार्सिलोनासँग पराजित

यूईएफए : रोनाल्डोबिनै प्रतिस्पर्धामा उत्रिएको युभेन्टस बार्सिलोनासँग पराजित

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार २:२८,

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको समूह जीको खेलमा बार्सिलोनाले युभेन्टसलाई उसकै मैदानमा पराजित गरेको छ।

क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रेको युभेन्टस घरेलु मैदानमै २–० गाेल अन्तरले हारेकाे हाे।

खेलको १४औं मिनेटमा ओस्मान डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो।

कप्तान लिओनेल मेस्सीले दिएको पासमा डेम्बेलेले गोल गरेका हुन्। खेलको ८५औं मिनेटमा युभेन्टस १० खेलाडीमा सीमित हुन पुग्यो।

डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। खेलको अन्तिम मिनेटमा फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको खेलमा कप्तान मेस्सीले गोल गर्दै अग्रता फराकिलो पारे।

जितसँगै बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ। युभेन्टस भने २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ।

गएराति भएको समूह चरणको अर्को खेलमा किएभ र फेरेन्कभरोसले २–२ को बराबरी गरेका छन्।

अर्को खेलमा चेल्सीले एफके क्रास्नोडारलाइ ४–० ले पाखा लगाएकाे छ।

पीएसजीले इस्तानबुल बसकसेइरलाई र बोरुसिया डर्टमुन्टले जेनिस सेन्ट पीटर्सबर्गलाइ समान २–० ले पराजित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .