ad ad

खेल


राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १:२४,

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रशिक्षण अघि बिहीबार स्वाब परीक्षण गर्दा ३४ मध्ये चार खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएलगत्तै चारै खेलाडीलाई सेल्फ आरसोलेसनमा राखिएको एन्फाले जनाएको छ। नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलका लागि एन्फाले बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ।

नेपाल-बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेला २८ कात्तिकमा ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुँदै छ। दोस्रो मैत्रीपूर्ण खेला २ मंसिरको लागि तय भएको छ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ।

प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिएको छ। नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .