ad ad

खेल


७५ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्दैछन् यी खेलाडी

७५ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्दैछन् यी खेलाडी

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १२:४१,

३० नाघेपछि फुटबल खेलाडीहरुलाई ‘बुढो’ भन्ने गरिन्छ। तर, यो मान्यतालाई इजिप्टका एक खेलाडीले गलत साबित गरिदिएका छन्।

७४ वर्ष १२५ दिनका एजेल्दिन बहदर विश्वकै सबैभन्दा वृद्ध व्यवसायिक फुटबलर बनेका छन्। उनले गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन्।

गत अक्टोबर ६ मा उनले इजिप्टको तेस्रो श्रेणीको एक क्लबबाट पुरा खेल खेलेका थिए। तर, उनको टिमले सो खेलमा हार बेहोरेको थियो।

‘आफ्नो आकांक्षालाई खुम्चिन नदिनुहोस्,’ खेलपछि पत्रकारहरुसँग उनले भने।

बहदरका चार सन्तान र ६ नातिनातिना छन्।

प्रथम डिभिजनमा भने जापानका ५३ वर्षीय काजुयोसी मियुरा सबैभन्दा वृद्ध खेलाडी हुन्। उनी जे लिगकको योकोहामा फुटबल क्लबबाट खेल्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .