ad ad

खेल


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता छनोट खेलमा कास्कीको विजयी सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता छनोट खेलमा कास्कीको विजयी सुरुवात

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १२:२८,

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरामा सुरु प्रदेश स्तरीय छनोट प्रतियोगितामा कास्की जिल्लाले विजयी सुरुवात गरेको छ।

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा शुक्रबार भएको खेलमा कास्कीले स्याङजा जिल्लालाई ७ विकेटले पराजित गर्यो। स्याङजाले दिएको १ सय २० रनको सामान्य लक्ष्य कास्कीले २८ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। कास्कीको जितमा अभिषेक थापा ४३ तथा सुदिप पौडेल २१ रनमा अविजित रहे। अर्जुन कुमालले २२ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्याङजाले ३८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रनको योगफल तयार पारेको थियो। स्याङजाका लागि विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे।

bishwa-karki.png

स्याङजालाई कम स्कोरमा रोक्न कास्कीका विश्व कार्की र सुवास भण्डारीले समान तीन विकेट झारे। खेलको म्यान अफ दि म्याच कार्कीले ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चे। कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रीको नाममा समान १ विकेट रह्यो।

प्रतियोगितामा भोलि शनिबार तनहुँ र नवलपुर भिड्नेछन्। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार सिलवालले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .