ad ad

खेल


यसपटक यूएईमा हुने टी–१० लिगमा सोमपालसहित चार नेपाली क्रिकेटर

यसपटक यूएईमा हुने टी–१० लिगमा सोमपालसहित चार नेपाली क्रिकेटर

नेपालखबर
पुस ८, २०७७ बुधबार १६:३४,

यसपटक टी–१० लिगमा नेपालका चार क्रिकेटरले सहभागिता जनाउने भएका छन्।

पारस खड्काले याेङ मेन्टरकाे भूमिकामा रहँदा कुशल मल्ल, करण केसी र सोमपाल कामीले टी–१० लिगमा खेलाडीकाे रूपमा सहभागिता जनाएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले मराठा अरेबियन्सबाट टी१० लिग खेल्ने भएका छन्।

आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्ध गरेको छ।

यूएईमा हुने टी १० लिग खेल्ने सोमपाल तेस्रो नेपाली खेलाडी बन्दै छन्। 

त्यस्तै कुशल मल्लले पनि टी–१० मा टिम आबुधाबीबाट खेल्ने भएका छन्। 

यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी १० लिगमा खेलिसकेका छन्।

Image may contain: one or more people, people standing, sky, mountain, outdoor and nature, text that says 'KARAN 33'

सोमपालको पारिश्रमिकबारे खुलेको छैन। पारसले यसपटक आबुधाबीबाट योङ मेन्टरको रुपमा टी–१० लिग खेल्दै छन्। त्यस्तै करण केसीले पुने डेभिल्सबाट खेल्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .