राष्ट्रिय महिला लिगमा आज शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुँदै छ।
खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो २ बजे सुरु हुनेछ।
लिगमा आज एक खेल मात्रै हुनेछ। आजको खेलमा जित हात पार्दै आर्मी दोस्रो स्थानमा उक्लने हुने योजनामा छ। चन्द्रपुर नगरपालिका पनि बलियो टोली आर्मीलाई हराउँदै दोस्रो स्थानमा उक्लन चाहान्छ।
१ खेलमा जित, १ मा हार र १ मा बराबरी गरेको आर्मी ३ अंकमा तालिकाको तेस्रो स्थानमा छ। चन्द्रपुरले २ खेलमा १ मा हार र १ मा जित निकाल्दै ३ चौथो स्थानमा छ।
अपराजित रहेको शसस्त्र प्रहरीको एपीएफ १२ अंकमा शीर्ष स्थानमा रहेको छ। ५ अंकमा नेपाल पुलिस क्लव दोस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया