ad ad

राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन, यस्ता छन् कार्यक्रम

प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन, यस्ता छन् कार्यक्रम

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ६:१०,

 प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विगठनविरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

शुक्रबार बिहान प्रत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। तेस्रो चरणको कार्यक्रम फागुन ३ गतेसम्मको रहेको अनेरास्ववियूका नेता विजय गौतमले जानकारी दिए।

तेस्रो चरणको कार्यक्रम आज माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्दै सुरु हुने छ।

यस चरणका आन्दोलनका कार्यक्रमहरुमा मन्त्रीहरुका गाडी चल्न नदिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र युवामार्च, माघ २१ गते क्याम्पस अगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने लगायतका रहेका छन्।

त्यस्तै प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने, स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम पनि अनेरास्ववियूले सार्वजनिक गरेको हो।

बिहीबार बसेको अनेरास्ववियूको बैठकले पहिलो र दोस्रो चरणको कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको गौतमले बताए। उनले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म आन्दोलन अगाडि बढ्ने जानकारी दिए।

अनेरास्ववियूले यसअघि पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा जुलुस, लालटिन र सिटी जुलुस, र्‍याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी, प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम, मन्त्रीलाई कालो झण्डा देखाउने लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।

त्यस्तै अनेरास्ववियुले कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्न माग गरेको छ। त्यस्तै लिपुलेक, लिम्पियाधुरासहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचार गर्न गर्न र कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन समेत अनेरास्ववियूले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .