ad ad

खेल


महिला लिगमा कुनै पनि खेल नहारी विजेता बन्यो एपीएफ, अन्तिम खेलमा आर्मीविरुद्ध शानदार जित

महिला लिगमा कुनै पनि खेल नहारी विजेता बन्यो एपीएफ, अन्तिम खेलमा आर्मीविरुद्ध शानदार जित

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ११:०,

विभागीय नेपाल एपीएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ।

शुक्रबार लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले पराजित गर्दै एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो।

१२ खेल खेलेको एपीएफले १२ वटै खेलमा जित दर्ता गर्न सफल भएको हो।

एपीएफले लिगभर कुल ७७ गोल गर्दा एक गोलमात्र व्यहो¥यो। एपीएफले पुलिसविरुद्धको खेलमा एक गोल खाएको थियो।

यता लिगमा दोस्रो भएको आर्मीले लिगको दुवै खेलमा एपीएफसँग हार व्यहो¥यो। पहिलो राउन्डमा २–० ले हार व्यहोरेको आर्मीले दोस्रो राउन्डमा ३–० ले पराजित हुन पुग्यो।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफको जितमा सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन्।

प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा प्रिति राईको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुक्यो।

४५औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफलाई १–० ले अघि बढाइन्। काउन्टर अट्याकमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्वाको लामो पासलाई नियन्त्रणमा लिँदै अनिता केसीले पेनाल्टी बक्सबाहिर मिलाइदिएको पासलाई सरुले उत्कृष्ट फिनिस गरिन्।

त्यसअघि बिमला बिकको फ्रिकिकलाई गोलरक्षक एन्जिलाले सहजै बचाएकी थिइन्। ४८औं मिनेटमा बिमला चौधरीको क्रसलाई एन्जिलाले सहजै बचाउँदै टोलीलाई कुनै खतरा हुन दिइनन्।

६९औं मिनेटमा बिमला बिकको फ्रिकिकलाई एन्जिलाले सहजै बचाइन्। ८२औं मिनेटमा बिमला चौधरीको कर्नरलाई गोलरक्षक एन्जिलाले पञ्च गर्दै बचाइन्।

८६औं मिनेटमा अनिता केसीले गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाइन्। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को जित दिलाइन्। गोलरक्षक अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोल पोस्ट नजिकै रहेका डिफेन्डरले बचाउन सकेनन्।

उपाधिसँगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको आर्मीले ८ लाख रुपैयाँ हात पारेको छ। तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिका स्याङ्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

७ माघबाट दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा सुरु भएकाे प्रतियोगितामा सात टोली विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .