ad ad

खेल


लापोर्ताको दाबीः म बार्सिलोनाको प्रमुखमा निर्वाचित भए मात्र मेस्सी यहाँ बस्नेछन्

लापोर्ताको दाबीः म बार्सिलोनाको प्रमुखमा निर्वाचित भए मात्र मेस्सी यहाँ बस्नेछन्

नेपालखबर
फागुन १९, २०७७ बुधबार १२:५२,

मेस्सीले फ्रि–ट्रान्सफरको लागि क्लबसँग निवेदन पनि लेखेका थिए। तर समयावधि सकिएकाले उनले यस सिजन क्लब छाड्न पाएनन्।

तर अब नयाँ सिजन मेस्सीलाई क्लब छाड्नबाट कसैले रोक्न सक्दैन। यद्यपी मेस्सीले क्लब छाड्छन् या छाड्दैनन् त्यो उनको नितान्त अन्तरिक निर्णय हुनेछ।

हाल बार्साको प्रमुख पद रिक्त छ। जोसेप मारिया बार्टेमेउले क्लब प्रमुखबाट राजीनामा दिएपछि सो पदमा कोही आसिन छैनन्।

Barcelona FC - Presidential candidate Joan Laporta: "I want to give Messi  back his happiness" - Archyworldys

यसबीचमा क्लब प्रमुखका उम्मेदवार जोन लापोर्ताले आफूले निर्वाचन जितेर बार्साको प्रमुख भएमात्र मेस्सी क्लबमै रहने दाबी गरेका छन्।

लापोर्ताले भनेका छन्,‘मेरो र मेस्सीको सम्बन्ध प्रगाढ छ र मैले जस्तो प्रस्ताव राख्छु त्यो उनले मान्छन्।’

उनी भन्छन्,‘मलाई थाहा छ, मैले निर्वाचन जिते मात्र उनी क्लबमा बस्छन्।’ मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .