ad ad

खेल


प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र बाँके विजयी

प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र बाँके विजयी

प्रकाश न्यौपाने
चैत २३, २०७७ सोमबार ११:५४,

भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सोमबारको खेलमा दाङ र बाँके विजयी भएका छन्। दाङले बर्दियालाई ६ विकेट र बाँकेले पाल्पालाई ४ विकेटले पराजित गर्दै जित निकालेका हुन्।

सिद्धार्थ रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएकोे बर्दियाले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९८ रन बनायो। उसका लागि शौरभ चौधरीले २७ र नितेश कुमार यादवले १३ रन बनाए। बलिङमा दाङका आयुष ओली, सुजल ओली, प्रिन्स ओली र सुमन बाँसौडीले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको दाङले १८ ओभरमा ४ विकेटको क्षतिमा १०२ रन बनाउँदै जित निकाल्यो। उसको जितमा आषिश ओलीले २९ र मनोज पुनमगरले २२ रन जोडे। बलिङमा बर्दियाका विशाल चन्द, रोहित सुनार, गहेन्द्र सिंह गजमेर, नितिन न्यौपानेले समान १-१ विकेट लिए। आषिश ओली म्यान अफ द म्याच भए।

अर्को खेलमा टस हारेर ब्याटिङ गरेको पाल्पाले ८ विकेटको क्षतिमा १२२ रनको योगफल बनायो। जसमा रुपक सापकोटाले २४, सौगात गौतमले २१, सुदीप जिसीले १९ र आलिक सुनारले १६ रन बनाए। बलिङमा बाँकेका निशान्त आचार्यले ३ र अस्मित शाहीले २ विकेट लिए।

प्रतिउत्तरमा बाँकेले १९ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२४ रन बनाउँदै लक्ष्य पूरा गर्यो। उसको जितमा अनिरुद्र कुँवरले ४१, अस्मित शाहीले १५ र क्षितिज थापाले १३ रन जोडे। बलिङमा पाल्पाका सुभम भुसाल र विपिन भट्टराईले समान २÷२ विकेट लिए। अनिरुद्र कुँवर म्यान अफ द म्याच भए। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .