ad ad

खेल


प्रतिभा र विनित सर्वोत्कृष्ट, यी हुन् उत्कृष्ट खेलाडी र प्रशिक्षक

प्रतिभा र विनित सर्वोत्कृष्ट, यी हुन् उत्कृष्ट खेलाडी र प्रशिक्षक

नेपालखबर
चैत २६, २०७७ बिहिबार १४:२२,

होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वोत्कृष्ट खेलाडी घोषित बनेका छन्।

प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दा विनित कुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। सर्वोत्कृष्ट बनेका प्रतिभा र विनितले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै, व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिए। महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन्।

पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनिषा चौधरी उत्कृष्ट ब्लकर चुनिइन्। पुरुषतर्फ टिप टप हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन्। पुरुषतर्फ एपीएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए।

पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललिता नाथ उत्कृष्ट सर्भर चुनिइन्। पुरुषतर्फ टिपटप हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए।

उनीहरुले समान १०–१० हजार रुपैयाँ हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .