ad ad

खेल


म्यानचेस्टर युनाइटेडसँग टोटेनहम हार्‍यो

म्यानचेस्टर युनाइटेडसँग टोटेनहम हार्‍यो

नेपालखबर
चैत ३०, २०७७ सोमबार १:१३,

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा युनाइटेडले ३–१ गोलअन्तरले टोटेनहमलाई हराएको हो।

१–० ले पछि परेको युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गरेको छ। युनाइटेडको जितमा फ्रेड, इडिन्सन काभानी र मासन ग्रिनवुडले गोल गरे।

ह्युङ मिन सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसपछि सम्हालिन नसक्दा टोटेनहम हार बेहोर्न बाध्य भयो।

युनाइटेडको ३१ खेलबाट ६३ अंक पुगेको छ। शीर्ष स्थानको सिटीको ७४ तथा तेस्रो स्थानको लेस्टर सिटीको ५६ अंक छ। पराजित टोटेनहम ४९ अंक जोडेर सातौं स्थानमा छ।

गएराति नै भएको खेलमा आर्सनलले सेफ युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गरेको छ। यस्तै अन्य खेलमा न्युक्यासलले बर्नलीलाई २–१ ले हराउँदा वेस्ट ह्यामले लेस्टरलाई ३–२ ले पाखा लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .