फिफा विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल एक शुन्यले पछि परेको छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको छैटौँ मिनेटमा नै नेपाल पहिलो खान पुगेको हो। कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
छनोट चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो।
समुह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४ खेलाडी परिवर्तन गरेका हुन्। नेपाली टोलीको गोलपोष्ट कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन्।
फरवर्डमा नवयुग श्रेष्ठ र सुमन लामालाई सुनिल बलले साथ दिनेछन्। मिडफिल्ड पुजन उपरकोटी, एरिक विष्ट र विशाल राई छन्। डिफेन्समा गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल छन्।
3
Shares
प्रतिक्रिया