लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल र अफगानिस्तानबीचको खेल दिउसो ३ बजेबाट सुरु हुनेछ।
समूह चरणमा दुबै खेल हारेको नेपालका लागि अफगानिस्ताविरुद्धको खेल प्रतिष्ठाको लडाई समेत हुनेछ। समूह 'ए' मा रहेको नेपाल समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको थियो।
प्रतियोगिता अघि भएका दुई मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेकाले जितसँगै नेपालले प्रतियोगिताको सुदख अन्त्य गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया