शकिब अल हसनले १२४ रनको अविजित पारी खेलेसँगै वेष्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले क्रिकेट विश्वकपमा सानदार जित हात पारेको छ।
वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गरेको थियो। शकिबले ९९ बलमा १६ चौका प्रहार गर्दै १ सय २४ रन जोडेपछि बंगलादेशले शानदार जित हात पारेको हो।
यस्तै बंगलादेशका लिटोन दासले ९४ तथा तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए। वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो।उसका साई होपले ९६, इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको पारी खेले।
बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे।
प्रतिक्रिया