आइतबार विश्वका दुई स्टार फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टोली प्रतिस्पर्धामा उत्रँन लागेका छन्।
मेस्सीको टोली स्पेनिस ला लिगामा र रोनाल्डोको टोली इटालिएन सिरि एमा प्रतिस्पर्धामा उत्रँन लागेको हो।
ला लिगामा मेस्सीको टोली बार्सिलोनाले सेभिया फुटबल क्लबसँग आज राति १२ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ।
रोनाल्डोको टोली युभेन्ट्सले इन्टरनेजनलसँग राति साढे १२ बजे खेल्नेछ। मेस्सी बार्सिलोनाको टोलीमा परेका छन्। रोनाल्डो पनि टिममा परेका छन्।
ला लिगामा बार्सिलोना ७ खेलबाट १३ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको टोली हो भने युभेन्ट्स सिरि एमा १६ अंकसहित दोस्रो स्थानमा रहेको टोली हो।
प्रतिक्रिया