ad ad

खेल


अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ५:४२, मोरङ

सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ।  

नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै  सुन्दरहरैँचाले उपाधि उचालेको हो।

सुन्दरहरैँचाले लेटाङलाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१४ साथै तेस्रो सेटमा २५–१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ। 

मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार पाँच सय तथा दोस्रो हुने लेटाङ नगरपालिकाले रू ३३ हजार सात सय ५० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले  खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताए । खेलको महत्व दर्साएर महिला खेलाडीलाई उचित साथ सहयोग गर्न जरूरी रहेको उहाँले उल्लेख गरे। 

तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगङ्गा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .