ad ad

खेल


‘डिभोर्स’ गरेका क्रिकेटर शिखर धवनले भेट्न पाएनन् छोरा, लेखे भावुक सन्देश

‘डिभोर्स’ गरेका क्रिकेटर शिखर धवनले भेट्न पाएनन् छोरा, लेखे भावुक सन्देश

भारतीय क्रिकेटर शिखर धवन


नेपालखबर
पुस ११, २०८० बुधबार १४:२, काठमाडौँ

भारतीय ब्याट्सम्यान शिखर धवनले छोरा जोरावरको जन्मदिनमा इन्स्टाग्राममा भावुक सन्देश लेखेका छन्। जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।

सन्देशमा शिखर धवनले आफ्ना छोरालाई एक वर्षदेखि भेट्न नपाएको भए पनि मनमा सधैँ साथमै रहेको उल्लेख गरेका छन्। 

उनले तीन महिनादेखि छोरासँग सम्पर्क गर्न सक्ने हरेक माध्यम बन्द गरिएको गुनासो गरेका छन्। 

यसै वर्ष अक्टोबरमा दिल्लीको एक अदालतले क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो।

शिखर आफ्नी श्रीमती आयशासँग यसअघिदेखि नै अलग बस्ने गरेका थिए।

दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातनाको आधारमा सम्बन्धविच्छेदको अनुमति दिएको हो। 

यस क्रममा अदालतले शिखर धवनलाई आफ्नी श्रीमतीले छोरासँग वर्षौंसम्म अलग राखेर मानसिक यातना दिएको ठहर गरेको थियो। अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न पनि अनुमति दिएको थियो।

छोरालाई यस्तो छ धवनले लेखेको सन्देश 
धवनले आफ्नो पोस्टमा लेखेका छन्, ‘मैले तिमीलाई एक वर्षदेखि भेट्न पाएको छैन र अहिले तीन महिनाभन्दा बढी भइसक्यो, मलाई तिमीसँग सम्पर्क गर्ने सबै माध्यमबाट रोक लगाइएको छ। त्यसैले म पुरानो तस्बिर पोस्ट गर्दै तिमीलाई शुभकामना दिँदै छु। मेरो बच्चा, जन्मदिनको शुभकामना छ!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .