ad ad

सुदूरपश्चिम


बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी

मतदानस्थल


गोकुल जोशी
असार २३, २०७९ बिहिबार ७:४५, कञ्चनपुर

स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार मतदान भइरहेको छ। 

बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि चुनाव भइरहेको हो।  

१० वटै वडाका १९ मतदान केन्द्रमा मतदान भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए। 

त्यहाँ सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ। 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन्। 

गत वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगन गरिएको थियो।

विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। ३० वैशाखमा मतदानका क्रममा सुरक्षा कमजोरी गरेको भन्दै सिडिओ, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डीएसपीलाई हटाइएको थियो।

बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्। 

नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .