नेकपा एमाले बझाङले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा प्रत्यक्षतर्फ अनेरास्ववियुका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य ऐन महरसहित तीन जना सिफारिस भएका छन्।
एमालेबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ महरसहित महेश भट्टराई र जुना जाग्रीका नाम सिफारिसमा परेका हुन्। यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको एमाले बझाङका सहइन्चार्ज अफिलाल ओखेडाले बताए।
प्रदेश सभा (१) प्रत्यक्षतर्फ दमन भण्डारी, अफिलाल ओखेडासहित ८ जनाको नाम सिफारिस भएको छ।
जसमा लालबहादुर विष्ट, वीरेन्द्रबहादुर खड्का, कलकबहादुर खड्का, खडकबहादुर खड्का, प्रयागराज जोशी र कृष्णचन्द हिलारी छन्।
यही क्षेत्रबाट समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ। प्रदेश सभा (२) मा एलबी रावल र दिलबहादुर भण्डारीसहित तीन जनाको नाम सिफारिस भएको छ। प्रदेशसभा (२) मा समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ।
Shares
प्रतिक्रिया