सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा दुईजना राज्यमन्त्री थपिएका छन्।
नेकपा एकीकृत समाजवादीबाट मन्त्रिमण्डलमा दुईजना राज्यमन्त्री थपिएको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए।
उनका अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन्।
राज्यमन्त्रीमा नियुक्त बुढाथोकी र सोडारीले शुक्रबारै पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
यसअघि आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेका अम्मर साउँदलाई फिर्ता बोलाएर उनको ठाउँमा एकीकृत समाजवादीले सोडारीलाई पठाएको हो।
यस्तै, एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेपछि कुलवीर चौधरी भौतिक पूर्वाधार राज्यमन्त्रीबाट बर्खास्तीसँगै रिक्त रहेको थियो। उनको ठाउँमा एकीकृत समाजवादीबाटै बुढाथोकीलाई मन्त्रिमण्डलमा समेटिएको छ।
Shares
प्रतिक्रिया