ad ad

सुदूरपश्चिम


गठबन्धनविरुद्ध कञ्चनपुरमा एकीकृत समाजवादीका दुई मन्त्री ‘बागी’ उम्मेदवार

गठबन्धनविरुद्ध कञ्चनपुरमा एकीकृत समाजवादीका दुई मन्त्री ‘बागी’ उम्मेदवार

गोकुल जोशी
असोज २३, २०७९ आइतबार ११:३४, कञ्चनपुर

सत्तारुढ गठबन्धनबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीले कञ्चनपुरमा सत्तारुढ दलहरुसंग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ।

तीन संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एउटा पनि सीट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी  बाहिरिएको छ।

गठबन्धनमा दाबी रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २(ख) र ३(क) मा एकीकृत समाजवादी एक्लै चुनावमा होमिने भएको छ।

सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धन विरुद्ध बागी उम्मेदवार बन्ने भएका छन्।

रावल क्षेत्र नम्बर ३(क) र खड्का क्षेत्र नम्बर २(ख) मा चुनाव लड्ने तयारीमा छन्। ‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सीट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसंग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३(क) र ३(ख) मा अन्तिमसम्म दाबी गरेको थियो। प्रदेश सभा ३(क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २(ख) मा कांग्रेसका नेता समेत रहेका संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .