ad ad

सुदूरपश्चिम


बागी उम्मेदवारी दिएका ५ नेतालाई सुदूरपश्चिम एमालेले गर्‍यो कारबाही

बागी उम्मेदवारी दिएका ५ नेतालाई सुदूरपश्चिम एमालेले गर्‍यो कारबाही

गोकुल जोशी
असोज २८, २०७९ शुक्रबार १३:२३, काठमाडौँ

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आगामी प्रतिनिधि र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिएका ५ नेतालाई कारबाही गरेको छ।

नेकपा एमालेका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने कञ्चनपुर ४ र कैलालीका १ गरी पाँच जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको हो।

कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उम्मेदवारी दिएका भक्तबहादुर अधिकारी, प्रतिनिधि सभा क्षेत्र नं. १ का खेम सुवेदी, प्रदेश सभा २(१) का टेकबहादुर हमाल, १(२) का टेकबहादुर साउँद र कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का विजय सिंह मयाललाई एमालेले कारबाही गरेको हो।

पार्टीको विधानको धारा ८० को ६ बमोजिम आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर गम्भिर  प्रकृतिको अनुशासन उल्लघंन गरेकोले उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गरिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .