कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रवार एक जनाको मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय झलारीका अनुसार शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दानबहादुर चुनाराको मृत्यु हो।
करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए।
30
Shares
प्रतिक्रिया