ad ad

सुदूरपश्चिम


बझाङमा मन्त्री सवार गाडी दुर्घटना, सेनाको हेलिकोप्टर जाँदै (अपडेट)

गाडीमा मन्त्रीसहित पाँच जना सवार थिए
बझाङमा मन्त्री सवार गाडी दुर्घटना, सेनाको हेलिकोप्टर जाँदै (अपडेट)

दुर्घटनाग्रस्त गाडी। (तस्बिर : सामाजिक सञ्जालबाट)


नेपालखबर
असार ५, २०८० मंगलबार १५:०, काठमाडौँ

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। 

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। 

गाडीमा ५ जना सवार थिए।

उनीहरूलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी भरत बहादुर बोहोराले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि जाँदैछ। 

गाडी दुर्घटनामा परेसँगै सँग सँगै स्कटिङमा हिँडेको अर्को गाडीमा सजार प्रहरीले उनीहरूको उद्धार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .