ad ad

सुदूरपश्चिम


बैतडीमा कुटपिटबाट एक बालकको मृत्यु, अर्का आईसीयूमा, हजुरबुवा पक्राउ

बैतडीमा कुटपिटबाट एक बालकको मृत्यु, अर्का आईसीयूमा, हजुरबुवा पक्राउ

नेपालखबर
असार २९, २०८० शुक्रबार १०:२२, कञ्चनपुर

बैतडीमा हजुरबुवाको कुटाइबाट बालक नातिको ज्यान भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेशमको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार हजुरबुवाको कुटपिटबाट अर्का ८ वर्षीय नाति रिजन गम्भीर घाइते भएका छन्।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुवा गणेशले उनीहरुिलाई कुटपिट गरेको थिए। 

कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

गम्भीर घाइते अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ। प्रहरीले हजुरबुवा गणेशलाई बिहीबार नै नियन्त्रणमा लिइसकेको छ। 

कुटपिट गर्नुको कारण खुलेको छैन। कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .