बझाङमा सार्वजनिक जग्गामा घर बनाएको भन्दै स्थानीयले निर्माणाधीन घर भत्काएका छन्।
वित्थडचिर गाउँपालिका–७ का करण ओखेडाको निर्माणाधीन घर शुक्रबार स्थानीयले भत्काएका हुन्।
गत मंसिरदेखि निर्माणाधीन ओखेडाको घर भत्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ।
स्थानीयहरूले सार्वजनिक स्थलमा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेकाले घर भत्काउनुका साथै त्यहाँ लगाएको खेतीपाती पनि फडानी गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले निर्माणाधीन घर भत्काएको आरोपमा तीन जनालाई समातेको छ।
स्थानीय कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध करण ओखेडाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको उनले दाबी गरेका छन्।
स्थानीयले गैरकानुनी रूपमा घर भत्काएको उनको आरोप छ।
उजुरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए।
भिडिओ :
Shares
प्रतिक्रिया