रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ।
गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयाघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए।
कोठामै एक्कासि ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। परिवारसहित दिल्लीमा बस्ने गरेका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ। मृतक साउदका एक छोरी र श्रीमती छन्।
189
Shares
प्रतिक्रिया