कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा एक जना पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगर खुलामञ्च पछाडि पुरुषको शव फेला परेको हो। उनको सनाखत हुन सकेको छैन।
भीमदत्त नगरपालिकाले सब्जिमण्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवनसँगै रहेको रुखसँग टाँसिएको अवस्थामा शव भेटिएको हो।
शव कुहिएको छ। मुचुल्का उठाएर प्रहरीले अहिले शव महाकाली प्रादेशिक अस्पताल पुर्याएको छ।
378
Shares
प्रतिक्रिया