सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन्।
बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरे।
एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताए छन्।
नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन गरेको छैन।
रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गरेका हुन्।
अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले नेपालखबरलाई जानकारी दिए। रञ्जिताको पक्षमा २ नाउपामा २ सांसद छन्।
Shares
प्रतिक्रिया