बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्।
विजयी भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएर नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन्।
सिंहले ११ हजार ३ सय ४६ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
भण्डारीले २ सय ६७ मतले सिंहलाई पराजित गरेका हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए।
२०७९ को निर्वाचनमा यो क्षेत्र नेपाली कांग्रेसले जितेको थियो।
यहाँबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत भएका थिए।
गत असार ५ गते जिप दुर्घटनामा उनको निधन भएपछि यो क्षेत्र खाली थियो।
बझाङको जितसँगै सुदूरपश्चिम प्रदेश सभामा अब एमालेसँग ११ सिट भएका छन्।
444
Shares
प्रतिक्रिया