सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बिहीबार सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित सांसद भण्डारीलाई शपथ खुवाएका छन्।
वैशाख १५ मा सम्पन्न बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनावमा नेकपा एमालेको तर्फबाट भण्डारी विजयी भएका थिए।
भण्डारी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पराजित गर्दै प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए।
योसँगै सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद संख्या ११ पुगेको छ।
48
Shares
प्रतिक्रिया