ad ad

सुदूरपश्चिम


कञ्चनपुर र कैलालीमा बाढी र डुबान, सुरक्षित रहन ‘अलर्ट’ जारी

दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा
कञ्चनपुर र कैलालीमा बाढी र डुबान, सुरक्षित रहन ‘अलर्ट’ जारी

कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ र ८ मा बाढीले जलमग्न घरहरू। तीन दिनदेखिको वर्षापछि आएको बाढीले यहाँ डुबान भएको छ। तस्बिर : दुर्गा देवकोटा/रासस


नेपालखबर
असार २४, २०८१ सोमबार ८:७, काठमाडौँ

कञ्चनपुरमा भीषण वर्षा भइरहेकाले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ। 

सचेत गराउँदै विभागले अगाडि भनेको छ- बाढी र डुबानको  जोखिममा रहनुहुनेहरूका लागि सुरक्षित रहन हिजो राति एसएमएस पठाइएको, वर्षा थप हुने देखिएकाले डुबान भइरहने स्थानमा रहनेहरू दिउँसोसम्म सुरक्षित रहौँ।

यस्तै कैलालीको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .