परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरादेवीको दर्शन र पूजा अर्चना गरेकी छन्। गौरा मनाउन कैलालीको धनगढीस्थित आफ्नो निवासमा पुगेकी मन्त्री देउवाले गौरादेवीको दर्शन र पूजाअर्चना गरेकी हुन।
विशेषगरी सुदूरपश्चिममा हर्षोल्लासका साथ मनाइने गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको मन्त्री देउवाले बताइन्।
गौरा पर्व समृद्धिको पर्वमा रुपमा रहेको बताउँदै उनले सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको उल्लेख गरिन्।
मन्त्री देउवा गौरा देवीको दर्शन तथा पूजा अर्चना गर्नुका साथै देउडामा पनि सामेल भइन्। निवासमा पुगेका समर्थक तथा कार्यकर्तासंग मन्त्री देउवाले देउडा खेलेकी थिइन्।
गौरा पर्वको अवसरमा दर्शन तथा पूजा गर्न मन्त्री देउवा बुधबार बिहान धनगढी ओर्लिएकी थिइन्।
उनी दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
498
Shares
प्रतिक्रिया