नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीका गुनासोबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका सम सामयिक विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ।
भेटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे अवगत गराए। छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुबारे अवगत गराए।
त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिँदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे।
छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे। छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोबाइल क्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गरे।
सो छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो।
Shares
प्रतिक्रिया