ad ad

अटो


सवारीसाधन आयात घट्दा ६ अर्ब राजस्व गुम्यो

सवारीसाधन आयात घट्दा ६ अर्ब राजस्व गुम्यो

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १२:४,

सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातमा कमी आएको छ। आर्थिक वर्ष २०७५÷०७६ को छ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा सवारीसाधनको पार्टपुर्जा आयात घटेको हो।

गत आवको पहिलो छ महिनामा ५० अर्ब २१ करोड ५३ लाखको यस्तो सामग्री आयात भएको थियो। तर चालू आवको यही अवधिमा ४६ अर्ब ८५ करोड ५३ लाखको साधन तथा पार्टपुर्जा आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

विभागका अनुसार गत वर्षको तुलनामा चालू आवमा ६ अर्ब राजस्व गुमेको छ। गत वर्षको पुस मसान्तसम्म ४८ अर्ब ४९ करोड ९१ लाख उठेकोमा चालू आर्थिक वर्षको यही अवधिमा ४२ अर्ब ४२ करोड ५१ लाख मात्रै राजस्व उठेको हो।

आर्थिक वर्ष २०७४÷०७५ को पहिलो ६ महिनामा आयात ४१ अर्ब ६१ करोड ३० लाखको रहँदा ४० अर्ब ५१ करोड राजस्व उठेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .